परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।”
Cross references
तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”
तब स्वर्गबाट सुनिदिनुहोस्। तपाईंले सेवकको फैसला गरेर कार्यान्वित गरिदिनुहोस्। नराम्रा व्यक्तिलाई दण्ड दिनुहोस् अनि उसलाई त्यस्तै कष्ट भोगाउनुहोस् जस्तो कष्ट उसले अन्यलाई भोगाएको थियो। यो सिद्ध गरिदिनुहोस कि जुन व्यक्तिले सही कार्य गरेको छ उ निर्दोष छ।
म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिड्ढति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौ भने असल चिजहरू आउँछन्।
ती मेरा पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस् म जुन जवानी हुँदा गरेको थिएँ। हे परमप्रभु, तपाईंको शुभनाउँको लागि, मलाई प्रेममा सम्झना गर्नुहोस्।
त्यो मानिस खुशी हुन्छ जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।
अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।
तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”
परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”
“यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोडन सक्छ। ऊ आफ्नो जीवन बद्लिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रा मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्न। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विरूद्ध गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।”