Home Bibles इजकिएल 17:22 · नेपाली बाइबल
इजकिएल 17:22 · नेपाली बाइबल

परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु। म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु। अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु।

Cross references

भजनसंग्रह 2:6

अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।

भजनसंग्रह 72:16

खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।

भजनसंग्रह 80:15

हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्। तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।

यशैया 2:2

अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।

यशैया 4:2

त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर र्गवित हुनेछन्।

यशैया 11:1

यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।

यशैया 53:2

ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगडी हुर्कियो। उ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन।

यर्मिया 23:5

परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।

यर्मिया 33:15

त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको ‘शाखा’ उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ।

इजकिएल 20:40

परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाँउ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ।

इजकिएल 34:29

म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्।

इजकिएल 37:22

म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुईवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्।

इजकिएल 40:2

दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो।

दानियल 2:35

त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढदै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।

दानियल 2:44

“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।

मीका 4:1

अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।

जकरिया 3:8

प्रधान पूजाहारी यहोशू, सुन्। तिमी अनि तिम्रा साथीहरु जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। अनि म मेरो दासलाई पनि ल्यउँदैछु। उसलाई “हाँगा” भनिन्छ।

जकरिया 4:12

मैले उनलाई यो पनि सोधें, “दुईवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुईवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसंग छ।”

जकरिया 6:12

उसलाई भन, ‘सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ, “त्यहाँ एकजना मानिस छ जसलाई ‘हाँगो’ भनिन्छ। त्यो ‘हाँगो’ जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।

Interlinear

Choose Theme