म तिमीलाई आराम दिनेछु। त्यसबेला तिमीले डरलाग्दा पापहरू याद गर्नेछौ जुन तिमीले गरेका थियौ अनि तिमी लज्जित हुनेछौ।
Cross references
जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।
यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयंकर विपत्ती ल्याइदिनेछु। किन? किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्यौ। तिमीहरूले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गल्ती भन्छन्।”
केही मानिसहरू त्यो देशबाट भाग्नेछन्। तिनीहरू आफ्ना छोरा-छोरी लिएर तिमीहरूकहाँ सहायताको लागि आउनेछन्। तब तिमीहरूले थाहा पाउनेछौ कि यी मानिसहरू साँच्चै कति नराम्रा छन्। म जुन आपत यरूशलेममा ल्याउँनेछु त्यो न्यायसगत हो भन्ने तिमीलाई विश्वास गराइनेछ अनि तिमीहरूले सान्तवना पाउनेछौ।
यसकारण तिमी लज्जित हुनुपर्छ। तिमीले तिम्रो दिदी बहिनीहरूलाई तिमी भन्दा धार्मिक देखिने बनायौ। तिमीले भयंकर पापहरू गरेकीछौ यसकारण तिमी लज्जित हुनुपर्छ।”
तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।
तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्यौ, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्यौ त्यसको लागि तिमी स्वंय आफूलाई घृणा गर्नेछौ।”