Home Bibles इजकिएल 16:2 · नेपाली बाइबल
इजकिएल 16:2 · नेपाली बाइबल

“हे मानिसको छोरो! यरूशलेमका मानिसलाई त्यो डरलाग्दो नराम्रो कामको लागि जनाइदेऊ जुन तिनीहरूले गरेकाछन्।

Cross references

यशैया 58:1

तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकनँ चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।

इजकिएल 8:9

तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दुष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।”

इजकिएल 20:4

हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस्? के तँ तिनीहरूको न्याय गर्नेछस्? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए।

इजकिएल 22:2

“हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे?

इजकिएल 23:36

परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमी ओहोला अनि ओहोलिबाको न्याय गर्छौ? तब तिनीहरूलाई ती भयंकर कुराहरू भन जुन तिनीहरूले गरेका छन्।

इजकिएल 33:7

“अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ।

होशे 8:1

“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।

Interlinear

Choose Theme