तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ।
Cross references
पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।
मैले हिऊँ र असिना संकट र लडाइँ - युद्धको समयको लागि बचाएर राखेको छु।
उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ, ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।
परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ। त्यो मानिस यस देशमा असिनाका ढिका र आँधी बेह्री झैं आउने छ। उ तूफान जस्तो भएर यो देशभित्र आउने छ। उ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ। उसले मुकुट भूईंमा फालि दिनेछ।
तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन।“कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ।
सेनाहरूका परमप्रभुले तिमीहरूलाई भूईंचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भुवँरी, आँधी-बेरी र आगो थिए, जेले जलाउँछन अनि नष्ट पार्छ।
तर यी कुराहरू हुन अघि नै वन-पतन हुनै पर्छ। त्यो शहर परास्त हुनै पर्छ।
म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको वर्षा वर्षाउनेछु।
परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरुलाई भाग्न दिनुहुदैन। हेर, परमप्रभु दुष्ट जनहरुलाई दण्ड दिन आउँदै हुनुहुन्छ। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरु ल्याउनु हुँनेछ। मानिसहरु यो पृथ्वीमा माटोमाथि हिंड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।
परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरुको उहाँले हेरचाह गर्नु हुन्छ।
त्यहाँ घनघोर पानी परयो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।
अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।’
ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।