तिनीहरूलाई भन, ‘म तिमीहरू सबैका लागि उदाहरण हुँ। मैले जे-जे गरें त्यो तिमीहरू सबैको निम्ति वास्तविक हुनेछ।’ तिनीहरू कैदीहरू जस्तो जान बाध्य हुनेछन्।
Cross references
तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए।
नबूजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पत्रे। नबूजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे।
घेरामा परेका तिमी मानिसहरू, प्रत्येक चीज पोको पार अनि जानलाई तत्पर हौ।
ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ,‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे।
नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होःनबूकदनेस्सर राजा भएको सातौं वर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।
“हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।
अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किन? किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।
राती आफ्नो समान काँधमा राख अनि त्यस स्थान छोडीदेऊ। आफ्नो मुख छोप, जसद्वारा तिमीले देख्न नपरोस् कि तिमी कहाँ गई रहेकाछौ। यो काम तिमीले यस्तो प्रकारले गर कि कसैले देख्न नसकोस्। किन? किनकि म तिमीलाई इस्राएलको परिवारको लागि एउटा उदाहरणको रूपमा प्रयोग गर्दैछु।”
प्रधान पूजाहारी यहोशू, सुन्। तिमी अनि तिम्रा साथीहरु जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। अनि म मेरो दासलाई पनि ल्यउँदैछु। उसलाई “हाँगा” भनिन्छ।