करूब स्वर्गदूतको त्यही चारवटा मुख थियो जुन कबार नदीको दर्शनमा प्राणीहरूको थियो अनि त्यो सिधै अघाडि त्यस दिशा तर्फ हेर्थे जुन दिशा तर्फ तिनीहरू गइरहेका हुन्थे।
Cross references
हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो।
जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिंड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो।
जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कन्दैंन थिए। तिनीहरू जति बेला हिँड्ँथे सबै एकै साथ हिँड्ँथे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे।
दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ।
यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाच्छन। पापीहरू तिनीहरूद्वारा मर्छन्।