Home Bibles ☰ Books प्रस्थान 9:7 · नेपाली बाइबल
प्रस्थान 9:7 · नेपाली बाइबल

फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु मरे कि मरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु मरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।

Cross references

प्रस्थान 3:19

“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।

प्रस्थान 7:13

तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।

प्रस्थान 7:14

तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन।

प्रस्थान 8:32

तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।

प्रस्थान 9:12

तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयोअसिना

अय्यूब 9:4

परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।

हितोपदेश 29:1

यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।

यशैया 48:4

मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदम अटेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।

दानियल 5:20

“तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो।

रोमी 9:18

यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।

Interlinear

Choose Theme