यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे।
Cross references
परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।
मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो।
परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ।
इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले संगै खाए अनि पिए।
यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।