प्रस्थान 38:30 · नेपाली बाइबल
त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए।
Cross references
प्रस्थान 26:37
यस पर्दामा सुनले बनिएको अंकुसेहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।”
प्रस्थान 27:2
त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।
प्रस्थान 27:10
र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ।
प्रस्थान 27:17
आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ।