Home Bibles प्रस्थान 38:27 · नेपाली बाइबल
प्रस्थान 38:27 · नेपाली बाइबल

परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे।

Cross references

प्रस्थान 26:19

अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ।

प्रस्थान 26:21

अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चादीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ दुइवटा बनाऊ।

प्रस्थान 26:25

त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।

प्रस्थान 26:32

बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ।

Interlinear

Choose Theme