दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए।
Cross references
“यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु।
दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।
परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन् (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो)
“यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”