Home Bibles प्रस्थान 35:31 · नेपाली बाइबल
प्रस्थान 35:31 · नेपाली बाइबल

परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।

Cross references

2 इतिहास 2:14

त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुँङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसंग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका नक्कासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

यशैया 11:2

परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ।

यशैया 28:26

हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ।

यशैया 61:1

“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

1 कोरिन्थी 12:4

आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ।

कलस्सी 2:3

ज्ञान र बुद्धिको सारा भन्डारहरु ख्रीष्टमा गुप्तरूपले राखिएको छ।

याकूब 1:17

सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।

Interlinear

Choose Theme