ती बूढा-प्रधानहरूले तिमीहरूको कुरा सुन्नेछन्। त्यसपछि तिमी र बूढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ “यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहरू चढाउनु पर्नेछ।’
Cross references
परमप्रभुले अब्रामलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड र मैले देखाएको देशमा जाऊ।
यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
जब अब्राम 99 वर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर।
तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो।
परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”
परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।
तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट भएनन्?”
परमप्रभु भन्नुहुन्छ, “इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।”‘
मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो।
मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।
मानिसहरूसंग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।”
तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”
उसलाई यसो भन, “परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ, “मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरूभूमिमा पठाऊ।”अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।
यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।”‘
त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।”
हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरूभूमिमा यात्रा गर्नु दिनुहोस्।”
तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’
तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।
यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जाऊन्।
फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसंगै लान सक्छौ, तर तिमीले भेडा र गाई-वस्तुहरू यही छोडर जानु पर्छ।”
फिरऊनले मानिसहरूलाई छोडन लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बदलन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।”