तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?”
Cross references
तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँचो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू उपयोग गर्दिन।”
तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”
तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”
तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिन।”
तब राजा दाऊद परमप्रभुको सामुने बसे। दाऊदले भने, “हे परमप्रभु तपाईंले मेरो परिवालाई हामीले चाहेको भन्दा महत्वपूर्ण बनाउनु भएको निम्ति तपाईंलाई धन्यवाद दिन्छु।” तपाईंले किन हामीलाई यस्तो उच्चा स्थान दिनुभयो?
परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरू दोह्रयाउन गर्ने अनुभवको कामेछ।
यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”
“सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।
म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”
“जब मोशा चालीस र्वषका भए, उनको आफ्ना यहूदी दाज्यु-भाइहरूलाई भेट्ने निर्णय लिए।
मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ?
हामी भन्दैनौ कि कुनै पनि काम आफै राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ।