त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैं पवित्र बनिरहनेछ।
Cross references
भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।
बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेट हुने पालभित्र जान सकेनन्।
अनि एउटा थुमा, एउटा साँढे र एउटा भेडा मेलबलिको निम्ति अनि अन्न बलि तेल सित मिसाएका उपहार झैं किन? किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”
त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”
पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो।
मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले “परमप्रभुको स्तुति गरे किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए।तब परमप्रभुको मन्दिर बादलले भरियो।
पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।
जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।
राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।
“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो।
म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छत्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।
हाम्रो अनुहार ढाकिएको छैन्। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन झन महिमा ल्याउँछ।
परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्कने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।
प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।
मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।