ती चीजहरू हारून अनि उनको छोराहरूलाई देऊ। तिनीहरूले यी चीजहरू तिनीहरूको हत्केलामा राखून अनि तिनीहरूलाई परमप्रभुको सामुन्ने उठाउन।
Cross references
“त्यसपछि त्यो पाठोबाट ह्याकुला झिक। (यो त्यही पाठो हो जुन हारूनलाई प्रधान पूजाहारी बनाउँने उत्सवमा उपयोग गरिनेछ।) पाठोको ह्याकुलो परमप्रभु सम्मुख विशेष भेटी स्वरूप समाती राख। पशुको त्यो भाग तिम्रो हुन्छ।
परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ।
तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए।
अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रो डोलाउने बलिको रूपमा चढाए।
“तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्।
पूजाहारीले बिटालाई परमप्रभु अधि डोलाओस् यसकारण तिमीहरूलाई स्वीकार गर्नेछ उसले त्यो विश्राम भोलि पल्ट गर्नेछ।