Home Bibles प्रस्थान 29:21 · नेपाली बाइबल
प्रस्थान 29:21 · नेपाली बाइबल

त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हारून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हारून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।

Cross references

प्रस्थान 29:1

त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेडाको पाठाहरू जोगाड गर।

प्रस्थान 29:7

हारूनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।

प्रस्थान 30:25

“यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ।

प्रस्थान 30:30

“हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्।

लेवी 7:35

जुन दिन हारून र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्।

लेवी 8:30

तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरू सितै पवित्र पारे।

लेवी 14:15

त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्।

लेवी 14:29

पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।

भजनसंग्रह 133:2

हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ। त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।

यशैया 11:2

परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ।

यशैया 61:1

“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

यूहन्ना 17:19

अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँचो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्।

हिब्रू 9:22

व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।

हिब्रू 10:29

जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के संझन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।

Interlinear

Choose Theme