प्रस्थान 28:35 · नेपाली बाइबल
हारून जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लवेदा लगाएर गर्छन्। हारून जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन घणटीहरू बज्नेछन् अनि यसरी हारून मर्ने छैनन्।
Cross references
लेवी 16:2
परमप्रभुले भन्नुभयो, “तेरो दाज्यू हारूनलाई भन। उसलाई सम्झाऊ उसको इच्छा अनुसार जतिबेला चाह्यो त्यतिबेला पर्दा पछाडी महा-पवित्रस्थान जहाँ पवित्र सन्दूक राखिएको छ त्यहाँ कहिले पनि नजाऊन। यस पवित्र सन्दूकमाथि भएको कृपा-आसन छ अनि म त्यो कृपा-आसनमाथि बादलमा दर्शन दिन्छु। यदि हारून त्यस कोठामा गए ऊ मर्न सक्छ।
हिब्रू 9:12
ख्रीष्ट महा पवित्र स्थानमा सधैंको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो।