जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।
Cross references
“सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ।
तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।
परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन।