तर सातौं वर्षमा त्यो जमीन उपयोग नगरू। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।
Cross references
“इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ।
छ वर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ वर्ष सम्म दाख बगैंचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ।
तिमीहरूको निम्ति यो पचासौ वर्ष एक विशेष उत्सवको वर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल।
“तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं वर्षमा खाने हामी सित केही रहँदैन।’
जब तिमीहरू आठौं वर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंवर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।
“तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ।
त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।
“हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति वर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं।