यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुदैन।
Cross references
अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।
हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।
जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन अनि मानिसहरूको घरहरू फोर्छन्। तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन।
तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्। मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
“जब म इस्राएललाई निको पार्छु, तब एप्रैमको दुष्टता र सामरियाको कुकर्म उदाङ्गो हुनेछन, किनभने तिनीहरूले दुर्रव्यवहार गरे। चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।
तिनीहरु कुदेर शहरमा पस्नेछन् अनी चाँडै पर्खाल माथि कुद्नेछन्। तिनीहरु घरमाथि चढछन् अनि झ्यालबाट चोरहरु जस्तै भित्र पस्छन्।
‘आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्।
याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो।
तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।