त्यो उसले चोरेको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरेको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खुवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन।
Cross references
तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्त्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्त्ताले निर्णय लिनु हुनेछ।
“कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।
“यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ।
अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन।
यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु।
यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।
शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।