Home Bibles प्रस्थान 21:4 · नेपाली बाइबल
प्रस्थान 21:4 · नेपाली बाइबल

यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।

Cross references

उत्पत्ति 16:2

साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।”अब्रामले आफ्नी पत्नीको सल्लाह माने।

उत्पत्ति 17:13

यसरी तिम्रो जातिमा जन्मेको प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटो जो तिम्रो जाति-समूहमा जन्मिन्छ र प्रत्येक कमारा जो तिम्रो जाति-समूहमा ल्याइन्छ उसको खतना गरिनु पर्छ।

Interlinear

Choose Theme