Home Bibles प्रस्थान 2:3 · नेपाली बाइबल
प्रस्थान 2:3 · नेपाली बाइबल

जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।

Cross references

उत्पत्ति 6:14

तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरु बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

उत्पत्ति 11:3

तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरुको घर बनाउदा ढुङ्गाको सट्चामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

उत्पत्ति 14:10

सिद्दीमको उपत्यकामा धेरै अलकत्राका खाल्डाहरू थिए। सदोम र गमोरका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।

प्रस्थान 1:22

यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

यशैया 18:2

त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोलेबनिएका डुङ्गाहरूमा पठाइन्छ।हे फूर्तिला समाचार-वाहकहरू! ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्! सबै ठाउँका मानिसहरू ती अल्गा अनि बलिया मानिसहरूदेखि डराउँछन्। तिनीहरू बलियो जाति हुन्। तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्। नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।

यशैया 19:6

सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ।

मत्ती 2:13

ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यहीं बस्नु।”

मत्ती 2:16

ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो। अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए।

प्रेरित 7:19

ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।

Interlinear

Choose Theme