Home Bibles प्रस्थान 18:19 · नेपाली बाइबल
प्रस्थान 18:19 · नेपाली बाइबल

अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसंग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ।

Cross references

उत्पत्ति 39:2

तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।

प्रस्थान 3:12

परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”

प्रस्थान 4:12

यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछ। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”

प्रस्थान 4:16

तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसंग बोल्ने छन्। तिमी महान राजा जस्तै झैं हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्।

प्रस्थान 18:15

तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्।

प्रस्थान 18:24

यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे।

प्रस्थान 20:19

तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

गन्ती 27:5

यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे।

व्यवस्था 5:5

तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,

व्यवस्था 20:1

“जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।

यहोशू 1:9

याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

2 शमूएल 14:17

म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहून्।”

हितोपदेश 9:9

ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

मत्ती 28:20

जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।” 

Interlinear

Choose Theme