प्रस्थान 16:13 · नेपाली बाइबल
त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो।
Cross references
गन्ती 11:9
जब राती भूँइ शीतले भिज्छ मन्न भूँईमा झथ्यो।
गन्ती 11:31
परमप्रभुबाट बतास चल्न थाल्यो र समुद्रबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो।
भजनसंग्रह 78:27
अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे, तिनीहरू समुद्रको बलुवा जस्तै थिए।
भजनसंग्रह 78:28
ती मानिसहरूका छाउनीका वरिपरि छाउनीको माझमा ठीक चराहरू झरे।
भजनसंग्रह 105:40
मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो। परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।