Home Bibles ☰ Books प्रस्थान 15:13 · नेपाली बाइबल
प्रस्थान 15:13 · नेपाली बाइबल

तर आफ्नो दयाद्वारा आफूले बचाएका मानिसहरूलाई तपाईंको दयाले डोर्याउनु हुन्छ। अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।

Cross references

उत्पत्ति 19:16

तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो।

नहेम्याह 9:12

तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो अनि राती आगोको ज्वाला सहित तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो पारी डोर्याउनु भयो।

भजनसंग्रह 77:14

तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ। तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।

भजनसंग्रह 77:15

तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।

भजनसंग्रह 77:20

तपाईंले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन मोशा र हारूनलाई खटाउनु भयो।

भजनसंग्रह 78:52

त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।

भजनसंग्रह 80:1

हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।

भजनसंग्रह 106:9

परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।

यशैया 57:15

परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”

यशैया 63:9

मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।

यशैया 63:12

परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।

यर्मिया 2:6

तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुखा र उजाड भूमिमा डोर्याउन भयो। परमप्रभुले हामीलाई अंन्घकार र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?”“

एफिसी 2:4

तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।

1 पत्रुस 1:5

तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।

Interlinear

Choose Theme