मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’
Cross references
“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।
परमप्रभु भन्नुहुन्छ, “इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।”‘
मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।
प्रत्येक पहिले जन्मेको गधासित थुमा साट्न सक्छौ। यदि तिमीले थुमासित गधा साटेनौ भने, तिमीले गधाको मण्टो भाँचि दिनुपर्छ। तिमीहरूले मबाट आफ्नो छोराहरूको उद्धार गर्नुपर्छ। कुनै मानिस मेरोअघि बिना भेटी आउनु हुँदैन्।
“प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ।