प्रस्थान 13:11 · नेपाली बाइबल
“परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ,
Cross references
प्रस्थान 13:5
“परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक वर्ष यही महीनामा पालन गर्नुपर्छ।