Home Bibles प्रस्थान 12:44 · नेपाली बाइबल
प्रस्थान 12:44 · नेपाली बाइबल

तर यदि कुनै मानिसले कमारो किन्छ र त्यसको खतना गराइदिन्छ भने, त्यो कमरोले निस्तारको भोजन खान सक्छ।

Cross references

उत्पत्ति 17:12

जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।

उत्पत्ति 17:23

परमेश्वरले अब्राहामलाई सबै पुरूष मानिसहरूको खतना गर्नु भनेको हुनाले तिनले इश्माएल र तिनको घरमा भएका सबै कमाराहरूलाई संगै भेला गराए। अब्राहामले बाहिरबाट किनेर ल्याइएका कमाराहरूलाई पनि संगै भेला गराए। अब्राहामको घरमा भएका सबै पुरूषहरूलाई भेला गराए अनि तिनीहरूको खतना गरियो। अब्राहामले तिनीहरूलाई त्यही दिन खतना गराए जुन दिन परमेश्वरले भन्नु भएको थियो।

लेवी 22:11

तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।

Interlinear

Choose Theme