राजा अहासूरसको सवै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरूद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन्। किनभने तिनीहरू सित भयभित थिए।
Cross references
याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए।
“म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।
“तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।
राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।
परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।
राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे।यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।
अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।
हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्।
अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्।
मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्। तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्! तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्। तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।
मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ। अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्। तिनीहरू परास्त र अपमानित हुनेछन्।
सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।