Home Bibles ☰ Books उपदेशक 6:10 · नेपाली बाइबल
उपदेशक 6:10 · नेपाली बाइबल

जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन।

Cross references

उत्पत्ति 3:9

परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”

उत्पत्ति 3:17

त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,“जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।

अय्यूब 9:3

एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।

अय्यूब 9:32

परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ। हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।

अय्यूब 14:1

अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।

अय्यूब 33:13

अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।

अय्यूब 40:2

“अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

भजनसंग्रह 39:6

हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

भजनसंग्रह 82:6

म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।

भजनसंग्रह 103:15

हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।

उपदेशक 1:9

शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।

उपदेशक 1:10

कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।

उपदेशक 3:15

जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

यशैया 45:9

“यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्।

यर्मिया 49:19

“यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेडा र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”

Interlinear

Choose Theme