Home Bibles ☰ Books उपदेशक 5:3 · नेपाली बाइबल
उपदेशक 5:3 · नेपाली बाइबल

धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ। र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।

Cross references

लेवी 27:2

“इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।

अय्यूब 11:2

“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।

हितोपदेश 10:19

धेरै बोल्ने मानिसले प्रायः समस्या उबजाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।

हितोपदेश 15:2

ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।

उपदेशक 10:12

ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।

Interlinear

Choose Theme