यो बडा दुखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी उ आएको थियो। यसकारण ‘हावालाई पक्रने कोशिश” गर्नाले के पाउन सक्छ?
Cross references
देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गरन सक्छन्। तिनीहरू केहि होइनन्।
यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।
यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?
आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ?
मैले यस जीवनमा धेरै दुखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सञ्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ।
हामीलाई प्रचण्ड वेदना थियो। तर हामीले हावा मात्र जन्मायौं। हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं। हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन् मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”
तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।
किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?
जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”