धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।
Cross references
यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमानदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्।
अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।
दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए।
इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्कबितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे।
अदोनियाह राजा दाऊद अनि उनकी पत्नी हग्गीतका छोरा थिए। अदोनियाह साह्रै सुन्दर मानिस थिए। अदोनियाहको जन्म उनको दाजू अब्शालोम पछि भएको थियो, तर अदोनियाह साह्रै घमण्डी भए अनि राजा हुने निश्चय गरे। अदोनियाहको साह्रै राजा हुन इच्छुक थिए, यसकारण उनले आफ्नो लागि एउटा रथ, घोडाहरू अनि 50 जना मानिसहरू आफू अघि हिंडाउन ठीक पारे।
तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुईं र्थकिने गरी कराउँदै थिए।
राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ।
सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।
मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।
यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।
यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।