Home Bibles उपदेशक 3:21 · नेपाली बाइबल
उपदेशक 3:21 · नेपाली बाइबल

कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?

Cross references

अय्यूब 14:10

0तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ।

उपदेशक 12:7

तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।

लूका 16:22

केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो ।

यूहन्ना 14:3

म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ।”

प्रेरित 1:25

यहूदाले त्यसलाई छाडे अनि तिनी वास्तवमा कहाँका थिए त्यहीं गए। प्रभु, हामीलाई देखाउनुहोस् कि कुन मानिसले एक प्रेरितको स्थान लिनु पर्ने हो।”

2 कोरिन्थी 5:1

हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।

2 कोरिन्थी 5:8

त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छौं।

फिलिप्पी 1:23

जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो।

Interlinear

Choose Theme