मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउंछन् जसको कुनै महत्व हुँदैन।
Cross references
आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, “आऊ अनि हाम्रो राजा बन।”
त्यस समयमा राजा रहबामले तिनीहरूसंग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्।
यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए।
ती दुष्ट मानिसहरू महत्वपूर्णका हूँ भनी अभिनय गर्छन्। तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन् जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।
जब सज्जन मानिसहरूले जितछन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।
जब कुनै दुष्टले शक्ति हासिल गर्छ, तब मानिसहरू लुक्छन तर जब दुष्टको विनाश हुन थाल्छ धर्मीहरू सत्तामा आउने छन्।
जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।
तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्”