Home Bibles व्यवस्था 6:12 · नेपाली बाइबल
व्यवस्था 6:12 · नेपाली बाइबल

“तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।

Cross references

प्रस्थान 13:3

मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन।

प्रस्थान 13:14

“भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् तिमीहरूले यस्तो किन गर्छौ। अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।

गन्ती 15:39

यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ।

व्यवस्था 4:23

तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ।

व्यवस्था 8:10

तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।

व्यवस्था 32:18

जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोडयौ तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।

न्यायकर्ता 2:12

परमप्रभुले इस्राएलका मानिसहरूलाई मिस्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुसरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्वोधित तुल्यायो।

2 राजा 17:36

तर तिमीहरूले परमप्रभुको अनुसरण गर्नु पर्छ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ जसले तिमीलाई मिश्रबाट बाहिर ल्याउनुभयो। परमप्रभुले तिमीलाई बचाउनका लागि आफ्नो महाशक्ति प्रयोग गर्नुभयो। तिमीले परमप्रभुको आराधना गर्नुपर्छ अनि उहाँका लागि बलि चढाउनु पर्छ।

2 राजा 17:38

तिमीले त्यो करार बिर्सिनु हुँदैन जो मैले तिमीहरूसित गरेको थिएँ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।

अय्यूब 8:13

मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।

भजनसंग्रह 44:17

परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!

भजनसंग्रह 78:7

यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञानुसार उहाँको नियमहरू पालन गर्नेछन्।

भजनसंग्रह 103:2

हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।

हितोपदेश 30:9

यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

यशैया 17:10

यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ।तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्।

यर्मिया 34:13

यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरे।

होशे 2:13

“तिनले बालको देवताहरूको सेवा र्गछिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भूल्थिन। परमप्रभुले यसो भन्नुभयो।

कलस्सी 2:8

सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदिवोस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।

Interlinear

Choose Theme