“परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ।
Cross references
म तिमीहरूको अघि ठूलो सकंट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ।
तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।
यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।
तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए।
“यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं।
“तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुई राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ।
परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।
तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किन? किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।
जब तिमीहरूका सेनाहरू अघि बढदै थिए मैले तिनीहरूको अघि बच्छ्यूँहरूलाई पठाईदिए। ती बच्छ्यूँहरूले दुईजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।