“लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
Cross references
तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।
“यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।
“तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
“यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई सराप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई सराप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ।व्यभिचारका पापहरूको निम्ति दण्ड
“कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सएछ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ।
कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।
एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?”‘
यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्।
परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’