Home Bibles ☰ Books व्यवस्था 25:13 · नेपाली बाइबल
व्यवस्था 25:13 · नेपाली बाइबल

“मानिसहरूलाई ठग्न कम र ज्यादा दुई प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुई प्रकारका ठग्ने ढकहरू नराख।

Cross references

लेवी 19:35

“तिमीले मानिसहरूलाई सच्चाइसँग न्याय गर। जब तिमी केही चीज नाप्छौ अनि तौलिन्छौ निष्पक्षतापूर्वक नाप अनि तौल।

लेवी 19:36

तिमीसित तौलिन ढक तराजू र नाप, र तौलहरू ठीक हुनुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।

हितोपदेश 11:1

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।

हितोपदेश 16:11

सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ, कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।

हितोपदेश 20:10

परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

इजकिएल 45:10

“मानिसहरूलाई ठग्नु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर।

आमोस 8:5

हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजुप्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।

मीका 6:11

के मैले ती दुष्ट मानिसहरुलाई बेवास्ता गर्ने? जसले अझै पनि कपट तराजु र छलको ढकले मानिसहरुलाई ठगिरहेका छन्?

Interlinear

Choose Theme