Home Bibles ☰ Books व्यवस्था 24:15 · नेपाली बाइबल
व्यवस्था 24:15 · नेपाली बाइबल

घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरूद्ध परमप्रभुलाई आरोप गर्नेछ र तिमी पापको दोषी बनिनेछौ।

Cross references

प्रस्थान 22:23

यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु।

लेवी 19:13

“तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।

व्यवस्था 15:9

“सातौं वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।

अय्यूब 7:2

मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ। मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पर्खिरहन्छ।

अय्यूब 31:38

मैले कसैबाट जमीन चोरिनँ कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।

अय्यूब 34:28

ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।

अय्यूब 35:9

यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन। तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।

भजनसंग्रह 24:4

मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।

भजनसंग्रह 25:1

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।

भजनसंग्रह 86:4

हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु। मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।

हितोपदेश 3:27

जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।

हितोपदेश 22:22

गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर

Interlinear

Choose Theme