Home Bibles व्यवस्था 23:24 · नेपाली बाइबल
व्यवस्था 23:24 · नेपाली बाइबल

“जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सकछौ त्यहीं टिपेर खान सकछौ तर आफ्नो डालोमा हालेर घर लान सकदैनौ।

Cross references

लेवी 27:2

“इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।

यहोशू 9:18

तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए।सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए।

भजनसंग्रह 50:14

यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।

भजनसंग्रह 66:13

यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु। जब-जब म संकटमा परें तब तपाईंको सहयोग मागें।

हितोपदेश 20:25

परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।”

रोमी 12:13

परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

1 कोरिन्थी 10:26

तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”

हिब्रू 13:5

पैसाको मोहदेखि आफूलाई टाडा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ “म तिमीलाई कहिल्यै छोडदिनँ म तिमीदेखि कहिल्यै भग्दिनँ।”

Interlinear

Choose Theme