व्यवस्था 23:13 · नेपाली बाइबल
तिमीहरूले आफ्ना अरू हतियारसंगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ।
Cross references
इजकिएल 24:6
यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘यो यरूशलेमको निम्ति नराम्रो हुन्छ। यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ। यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ अनि त्यो खियाको दाग जब सम्म हट्दैन त्यो भाँडा शुद्ध हुँदैन् यसकारण मासुको प्रत्येक टुक्रा भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाँऊ। पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!