Home Bibles व्यवस्था 22:6 · नेपाली बाइबल
व्यवस्था 22:6 · नेपाली बाइबल

“तिमी बाटोमा हिडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सएछौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन।

Cross references

उत्पत्ति 8:17

जहाजमा तँसँग जे जति चराहरु, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरु ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरुले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरुले तिनीहरुको संख्या पृथ्वीमा बढाउन्।”

उत्पत्ति 32:11

म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ।

लेवी 22:28

तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेडाहरूमा पनि लाग हुन्छ।

हितोपदेश 12:10

एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ।

होशे 10:14

यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खैलाबैलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसंगै आमाहरूको पनि हत्या गरिदिएको थियो।

लूका 12:6

“पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।

Interlinear

Choose Theme