Home Bibles व्यवस्था 22:14 · नेपाली बाइबल
व्यवस्था 22:14 · नेपाली बाइबल

मानिसले झूटो बोल्नु सएछ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सएछन्।

Cross references

प्रस्थान 20:16

“तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।

प्रस्थान 23:1

“कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।

व्यवस्था 22:19

तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिएका जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउदैन।

हितोपदेश 18:8

मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।

हितोपदेश 18:21

आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।

1 तिमोथी 5:14

यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।

Interlinear

Choose Theme