Home Bibles ☰ Books व्यवस्था 20:19 · नेपाली बाइबल
व्यवस्था 20:19 · नेपाली बाइबल

“जब तिमीहरू कुनै शहरको विरोधमा लडाइँ गर्छौ, तिमी त्यस शहरलाई धेरै समयसम्म घेर्न सएछौ। त्यस समयमा शहर वरिपरि भएका रूखहरूबाट फल खान सएछौ। तर रूखहरू काटेर ढाल्नु हुँदैन। यी रूखहरू तिमीहरूका शत्रु होइनन्, यसकारण तिनीहरूसित लडाइँ नगर।

Cross references

व्यवस्था 26:6

मिश्रीहरूले हामीसित नराम्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए।

2 राजा 3:19

तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुंङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”

2 राजा 3:25

इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे। र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसंग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।

मत्ती 3:10

अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ।

मत्ती 7:15

‘झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेडाका भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।

मत्ती 21:19

उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।

लूका 13:7

त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन र्वष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने?

यूहन्ना 15:2

म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।

Interlinear

Choose Theme