अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे।
Cross references
यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।
यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरुले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे।
तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो।
जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं।
हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान जसबाटलाई देख्यौ र तिनीहरूले हामीलाई मसिनो फट्यांग्राहरूलाई झैं हेरे। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।”
अब हामी कहाँ जान सएछौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।’
त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ।
इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।