यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन।सुरक्षाका शहरहरू
Cross references
“कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।
“तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ।
शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।
तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले म द्वारा बोल्नु भएको होइन्। उसले यो पनि भने, “मानिसहरू तिमीहरू सबैले सुन!”
त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आवेश्यकहरू तयार गर किनभने तिमी मर्नेछौ। तिमी बाँच्ने छैनौ।”‘
तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।
तिमीहरूका झूटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ।“आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौ। तब मात्र हामीहरू जान्नेछौ कि अर्को पल्ट के हुने हो।
त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो वर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,
योना शहरको मध्य भागमा गए अनि मानिसहरुलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”
उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला र्तशिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं करुणामय हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्न। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरुले पाप गर्न छोडे भने तपाईंले यिनीहरुको विनासको योजना बद्ली गर्नु हुन्छ।
परमप्रभुले भन्नुभयो, “तिमीहरुका पिता-पुर्खाहरु मरिसके अनि अगमवक्ताहरु सधैं बाँचिरहँदैनन्।
तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ।प्रधान पूजाहारीको बारेमा दर्शन्